काठमाडौं । नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई) ले दश महिने पत्रकारीता तालिमको नतिजा प्रकाशन गरेको छ ।
वि.सं २०७७ असार देखि चैत्र मसान्त सम्म सञ्चालन भएको ३६ औँ समूहको अन्तिम नतिजा आइतबार साँझ प्रकाशन भएको हो ।
प्रशिक्षार्थी पत्रकारको लिखित परीक्षा, इन्टर्नसीप र कक्षागत सक्रियताका आधारमा नतिजा प्रकाशन गरिएको तालिम संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले बताए ।
अन्तिम नतिजा अनुसार भवानी अधिकारी, ईश्वर उप्रेती, पुष्प भट्टराई, फुर्पा शेर्पा, केशव भट्टराई, बिष्णु नेपाली, भुपराज बस्याल, राजेश प्रसाद पाण्डे, महेश कार्की, अर्जुन खनाल, अरुण केसी, निरज कोइराला, बुद्ध श्रेष्ठ र मिन बहादुर मगरले अतिउत्तम नतिजा हासिल गरेका छन् भने दुर्गामणि पौडेल, दिलकुमार लिम्बु, दिपा चालिसे, पृथ्वी कुमारी बस्नेत, गणेश बहादुर मल्ल र सपना कुमारी झा लगाएतले उत्तम नतिजा हासिल गरेका छन् ।
त्यस्तै सियाराम मण्डल र दिपु कापरले राम्रो नतिजा ल्याई सफलता हासिल गरेका छन् ।
तालिम संचालनकै क्रममा पनि आफ्ना प्रशिक्षार्थीहरु प्रतिष्ठित मिडिया हाउसमा पत्रकार बनेर समाचार लेखेको देख्दा आनन्द लागेको संयोजक काफ्लेले जनाएका छन् ।
