महेन्द्रनगरमा मास्क प्रयोग नगरे रु ५० जरिवाना

महेन्द्रनगरमा मास्क प्रयोग नगरे रु ५० जरिवाना

२०७८, बैशाख १४ मंगलवार

  • 1.8K
    SHARES

  • महेन्द्रनगरमा मास्क प्रयोग नगरे रु ५० जरिवाना

    महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमवारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ ।

    पहिलो दिन सोमवार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    ‘तपाइाको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

    शुरुमा प्रहरीले ८०-९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।

    २०७८, बैशाख १४ मंगलवार०७:३७:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार