कोलकाताको दोस्रो जित

कोलकाताको दोस्रो जित

२०७८, बैशाख १४ मंगलवार

  • 929
    SHARES

  • कोलकाताको दोस्रो जित

    काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ ।

    सोमबार राती भएको खेलमा पन्जा किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकता अन्तिम स्थानबाट फड्को मार्दै पाँचौ स्थानमा उक्लेको छ ।

    यससँगै कोलकाताले ६ खेलबाट ४ अंक जोडेको छ । साथै कोलकाताले लगातार चार हारको शृंखला पनि अन्त्य गरेको छ । ६ खेलबाट समान अंक भएपनि रनरेटमा पछि पर्दै पन्जाब छैटौं स्थानमा झरेको छ ।

    अहमेदावादमा सम्पन्न भएको खेलमा पन्जाबले दिएको १२४ रनको लक्ष्य कोलकताले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । १७ रन हुँदा ३ विकेट गुमाए पनि कप्तान आयोन मोर्गन र राहुल त्रिपाठीले ७६ रनको साझेदारी गर्दै कोलकाताको इनिङ्स सम्हालेका थिए ।

    मोर्गनले ४० बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा अविजित ४७ रन बनाए । यस्तै त्रिपाठीले ३२ बल खेल्दै ७ चौका मद्दतमा ४१ रन योगदान गरे । दिनेश कार्तिक १२ रनमा अविजित रहे ।

    मोइसेस हेनरिक, मोहम्मद शामी, अर्शदिप सिंह र दीपक हुडाले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । पन्जाबका लागि ओपनर मायंक अग्रवालले सर्वाधिक ३१ रन बनाए ।

    यस्तै लोअर अर्डमा क्रिस जोर्डनले १८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडे । कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रन जोडे । कोलकताका प्रसिद कृष्नाले ३ विकेट लिए ।

    यस्तै प्याट कमिङ्स र सुनिल नारिनले २–२ तथा शिभम मावी र वरुन चक्रवर्तीले समान १ विकेट लिए ।

    अघिल्लो सिजनको पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गरेको पंजावले खासै उल्लेखनिय प्रदर्शन गर्न सकिरहेको छैन ।

    २०७८, बैशाख १४ मंगलवार०७:५८:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार