चीनले पचास लाख युआन बराबरको सहयोग उपलव्ध गराउने 

चीनले पचास लाख युआन बराबरको सहयोग उपलव्ध गराउने 

२०७८, बैशाख १५ बुधवार

  • 1.9K
    SHARES

  • चीनले पचास लाख युआन बराबरको सहयोग उपलव्ध गराउने 

    काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् ।  

    अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलवार सम्बोधन गर्दै उनले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।  

    सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएका पनि मन्त्रालयले जनाएको छ ।

    २०७८, बैशाख १५ बुधवार०६:३०:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार