रोमाञ्चक खेलमा दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा

रोमाञ्चक खेलमा दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा

२०७८, बैशाख १५ बुधवार

  • 1.1K
    SHARES

  • रोमाञ्चक खेलमा दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा

    काठमाडौं । खेलप्रेमीलाई रोमाञ्चित बनाउँदै दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    मंगलबार मध्यराती सम्पन्न भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।

    अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १४ रन चाहिएको अवस्थामा यी दुई खेलाडीले १२ रन मात्र जोडे । अन्तिम ओभरको सुरुवाती चार बलमा चार रन मात्र जोडेको दिल्लीका लागि अन्तिम दुई बलमा खेल जित्न १० रन चाहिएको थियो । ऋषभले लगातार दुई चौका प्रहार गरे पनि पर्याप्त भएन ।

    ४८ बल खेलेका कप्तान पन्तले ढिला ब्याटिङ गर्दै ६ चौका मद्दतमा अविजित ५८ रन बनाए । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका हेतमायरले २५ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ र पृथ्वी शले २१ रन बनाए ।

    बैंगलोरका हर्सल पटेलले २ विकेट लिए भने मोहमद सिराज र केल जेमिसनले समान १ विकेट लिए ।

    त्यसअघि अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

    सदाबहार खेलाडी एबी डे भिलियर्सले कागिसो रबाडाको बलिङमा रहेको अन्तिम ओभरमा ३ छक्कासहित २२ रन जोडेपछि बैंगलोरले राम्रो स्कोर बनाएको थियो ।

    उनले ४२ बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा अविजित ७५ रन बनाए । यस्तै रजत पाटीदरले ३१ र ग्लेन म्याक्स्वेलले २५ रन जोडे ।

    दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १–१ विकेट लिए ।

    जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ ।

    खेल अगावै यी दुई प्रतिस्पर्धि बिचको खेल रोमाञ्चक हुने अनुमानले दिनभर नै क्रिकेटप्रेमी तातेका थिए ।

    दिल्लीसँग समान अंक भए पनि महेन्द्र सिंह ध्वनीको टिम चेन्नाई सुपर किंग्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।

    २०७८, बैशाख १५ बुधवार०७:०२:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार