कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

२०७८, बैशाख १५ बुधवार

  • 989
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

    काठमाडौँ । आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ ।

    बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशानुसार बैठक स्थगन गरिएको उनले बताए ।

    २०७८, बैशाख १५ बुधवार०१:००:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार