कोरोना अपडेट: थप १२१७ जनामा कोरोना पुष्टि 

कोरोना अपडेट: थप १२१७ जनामा कोरोना पुष्टि 

२०७७, मंसिर २५ बिहिवार

  • 2.9K
    SHARES

  • कोरोना अपडेट: थप १२१७ जनामा कोरोना पुष्टि 

    मंसिर २५, काठमाडौं । 

     पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३२ जनाको पीसीआर परीक्षण गरिएकोमा ७७४ पुरुष र ४४३ महिला गरी १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ६४ रहेको छ भने हालसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

    २०७७, मंसिर २५ बिहिवार०४:४२:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार