राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिकीकरण

राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिकीकरण

२०७७, मंसिर २५ बिहिवार

  • 4.0K
    SHARES

  • राप्रपाको झण्डा र चुनाव चिह्न सार्वजनिकीकरण

    मंसिर २५, हेटौंडा । 

    राप्रपाका अध्यक्ष कमल थापाले आज एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिन्ह हलोको सार्वजनिकरण गरेका छन् ।  

    राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए ।

    उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गरे । 

    सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाए । 

    २०७७, मंसिर २५ बिहिवार०५:४६:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार