बैँगलोरलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा

बैँगलोरलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा

२०७८, बैशाख १६ बिहिवार

  • 1.5K
    SHARES

  • बैँगलोरलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा

    काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । बुधबार मध्यराती सम्पन्न भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लेको हो । 

    दिल्लीमा हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १७३ रन बनायो । 

    चेन्नईका लागि रितुराज गाइक्वाड र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका गाइक्वाडले १२ चौकाको सहयोगमा ७५ रन बनाए ।

    त्यस्तै ३८ बल खेलका डू प्लेसिसले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । सुरेश रैनाले १७ रन बनाउँदा मोइन अली १५ र रविन्द्र जडेजाले ७ रन बनाए । 

    बलिङतर्फ हैदराबादका लागि राशिद खानले ३ विकेट लिए । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका लागि डेभिड वार्नर र मनिस पाड्याले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका मनिसले ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको योगदान गरे ।

    त्यस्तै ५५ बल खेलेका वार्नरले ३ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । त्यस्तै केन विलियमसनले २६ रनको योगदान गरे । 

    बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले २ विकेट लिए । त्यस्तै एक करणले एक विकेट लिए । बुधबारको खेलमा जित निकाल्दै चेन्नईले ६ खेलबाट १० अंक जोड्दै रनरेटका आधारमा आफूलाई शीर्ष स्थानमा उकासेको छ । 

    यस अघि भएको दिल्ली सँगको कडा प्रतिस्पर्धामा जित निकाल्दै बैँगलोर शीर्ष स्थानमा उक्लेको थियो । रोयल्स च्यालेन्जर्स बैंगलोरको पनि समान १० अंक छ । हैदराबाद ६ खेलबाट २ अंक सहित तालिकाको पुछारमा छ ।

    २०७८, बैशाख १६ बिहिवार०८:२६:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार