काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा नरहेको पाइएको छ ।
वैशाख १४ गतेको मन्त्रीपरिषद बैठकमा सँगै बसेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी लगाएत मन्त्री नै कोरोना संक्रमित भए पछि प्रधानमन्त्री समेत कन्ट्याक्ट ट्रेसिंगमा परेका थिए ।
सोही सूचनालाई आधार बनाएर प्रधानमन्त्री आइसोलेसनमा भन्दै भ्रमपूर्ण समाचार प्रकाशन भएको बताइएको छ ।
आज बिहान प्रधानमन्त्री ओलीको सचिवालय टिमसँगको बैठकलाई सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीले सामाजिक संजालमार्फत सो कुराको जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, "प्रधानमन्त्रीज्यू आईसोलेशनमा भनि प्रचारित समाचार भ्रमपूर्ण छ ।"