भारतमा एकै दिन ३ लाख ७९ हजार संक्रमित थपिए, कूल संख्या १ करोड ८० लाख भन्दा बढी 

भारतमा एकै दिन ३ लाख ७९ हजार संक्रमित थपिए, कूल संख्या १ करोड ८० लाख भन्दा बढी 

२०७८, बैशाख १६ बिहिवार

  • 977
    SHARES

  • भारतमा एकै दिन ३ लाख ७९ हजार संक्रमित थपिए, कूल संख्या १ करोड ८० लाख भन्दा बढी 

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा एकै दिनमा थप तीन लाख ७९ हजार २५७ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस सँगै भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ  ।
        
    यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३२ पुगेको सो मन्त्रालयले जनाएको छ ।

    एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भएयताकै यो सब भन्दा धेरै भएको समाचारमा जनाइएको छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ ।

    कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।
       
    भारतमा हाल ३० लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ५० लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् ।

    भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

    कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । 

    भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।   

    भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ हिजो एकैदिनमा २५ हजार ९८६ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३६८ जनाको मृत्यु भएको छ ।

    दिल्ली कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार ३७७ व्यक्तिको मृत्यु भइसकेको छ । -एजेन्सी ।  

    २०७८, बैशाख १६ बिहिवार०१:१०:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार