दुई सङ्क्रमितको मृत्युु

दुई सङ्क्रमितको मृत्युु

२०७८, बैशाख १६ बिहिवार

  • 993
    SHARES

  • दुई सङ्क्रमितको मृत्युु

    डोटी । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्युु भएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका-२ का ३३ वर्षीय पुरूषको मृत्युु भएको हो ।
     
    निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसीयूमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनियासमेत भएको थियो । लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।

    २०७८, बैशाख १६ बिहिवार०४:५३:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार