विश्वभर फेसबुक- म्यासेन्जरमा समस्या

विश्वभर फेसबुक- म्यासेन्जरमा समस्या

२०७७, मंसिर २५ बिहिवार

  • 1.6K
    SHARES

  • विश्वभर फेसबुक- म्यासेन्जरमा समस्या

    मंसिर २५, न्युयोर्क । 

    विश्वभर फेसबुक, म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या देखिएको छ । आज दिउँसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन् ।

    बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डाउन भएका हुन् । डाउन डिटेक्टरले जिएमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ ।

    डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको समस्या भएको बताइएको छ । म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको बताइएको छ ।

    ३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् ।- एजेन्सी । 

    २०७७, मंसिर २५ बिहिवार०६:०८:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार