ब्राजिलद्वारा कोरोनाविरुद्धको खोप बनाउन सुरु

ब्राजिलद्वारा कोरोनाविरुद्धको खोप बनाउन सुरु

२०७८, बैशाख १७ शुक्रवार

  • 1.1K
    SHARES

  • ब्राजिलद्वारा कोरोनाविरुद्धको खोप बनाउन सुरु

    साओ पाउलो । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित देश ब्राजिलले कोरोनाभाइरस विरुद्धको खोप आफै बनाउन थालेको छ । 

    साओ पाउलोमा रहेको बुतान्तान संस्थाले बुतानभ्याक नाम खोप बुधबारदेखि उत्पादन सुरु गरेको अधिकारीहरूले जनाएका छन् ।
     
    ब्राजिलको सरकारद्वारा सञ्चालित सो संस्थाले पहिलो पटक कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरु गरेको राज्य गर्भनर जोयो डोरियाले जानकारी दिए ।  

    “ब्राजिलमा उत्पादन गर्न लागिएको कोरोनाभाइरस विरुद्धको यो पहिलो खोप हो, यो खोप बनाउनका लागि कुनै कच्चा पदार्थ आयात पनि गरिएको छैन,” उनले भने ।  

    संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गर्भनर डोरियाले खोप उत्पादनका लागि सवै लगानी सरकारले नै गरेको पनि स्पष्ट पारे । 

    आगामी जुलाई मध्यसम्ममा पहिलो चरणमा एक करोड ८० लाख मात्रा खोप उत्पादन गर्ने विश्वास उनले गरे । सरकारी निकायले नै खोप उत्पादन गर्न सुरु गरिसकेको भएपनि ब्राजिलको स्वास्थ्य नियमक निकायले भने यसलाई प्रयोगका लागि अनुमती दिइसकेको छैन । 

    बुतानभ्याक नामक कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न थालेको संस्थाले चिनियाँ खोप कोरोनाभ्याक भने यसअघि नै उत्पादन गर्दै आएको थियो । कोरोनाभ्याक गत जनवरी १७ देखि नै उत्पादन गरिदै आएको हो । 

    कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत नै ब्राजिलमा सो खोपको उत्पादन सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

    “ब्राजिलले नै उत्पादन गर्न थालेको खोप जुलाईको मध्यसम्ममा प्रयोगका लागि तयारी अवस्थामा हुने अपेक्षा गरिएको छ, जति सक्दो चाँडो गर्ने अधिकारीहरूले प्रयास गरिरहेका छन्,” गर्भनर डोरियाले भने ।    

    यस बर्षको अन्त्यसम्ममा बुतानभ्याक १० करोडदेखि १५ करोड मात्रा उत्पादन गर्ने उनले बताए ।  

    महामारीको प्रभाव र आवश्यकताको मर्मलाई ध्यान दिदै उत्पादन कार्य र त्यससँग सम्वन्धित प्रक्रियाहरु छिटो छिटो गराइएको पनि उनले जानकारी दिए ।- एजेन्सी । 

    २०७८, बैशाख १७ शुक्रवार०७:००:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार