पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९बिरूद्धको खोप अभियान सुरू गर्ने

पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९बिरूद्धको खोप अभियान सुरू गर्ने

२०७८, बैशाख १७ शुक्रवार

  • 997
    SHARES

  • पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९बिरूद्धको खोप अभियान सुरू गर्ने

    इस्लामाबाद । पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ बिरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी) का अध्यक्ष असद उमरले बिहीबार उक्त जानकारी गराएका हुन् ।  

    खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भनेका छन्, “बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ । पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । 

    यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न सुरू गरेको थियो । पाकिस्तानले ५० वर्षभन्दा माथि उमेरसमूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ । -एजेन्सी । 

    २०७८, बैशाख १७ शुक्रवार०७:०७:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार