कोलकाता माथि दिल्लीको शानदार जित

कोलकाता माथि दिल्लीको शानदार जित

२०७८, बैशाख १७ शुक्रवार

  • 1.3K
    SHARES

  • कोलकाता माथि दिल्लीको शानदार जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ ।

    बिहीबार मध्यराति सम्पन्न भएको खेलमा पृथ्वी श्वको उत्कृष्ट पारीमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ७ विकेटको शानदार जित निकालेकोहो ।  

    नरेन्द्र मोदी क्रिकेट स्टेडियमा कोलकाताले दिएको १५५ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १५६ रन बनायो । 

    दिल्लीका लागि पृथ्वी श्वले ८२ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै शिखर धावनले ४६ रन बनाउँदा रिषव पन्तले १६ रनको योगदान गरे ।

    बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो । कोलकाताका लागि शुभम गिलले ४३ रन बनाए । त्यस्ते आन्द्रे रशलले ४५ रन बनाउँदा राहुल तिमाठीले १९ रनको योगदान गरे ।

    कोलकाताका लागि नितिर रानाले १५ रन बनाउँदा दिनेश कार्तीकले १४ रनको जोडे । 

    बलिङतर्फ दिल्लीका लागि अक्षर पटेल र ललित यादवले समान २–२ विकेट लिए । त्यस्तै आभार खान र मार्कुस स्टोइनिसले समान एक–एक विकेट लिए ।

    बिहीबारको खेलमा जित निकाल्दै दिल्लीले लिगमा ७ खेलबाट १० अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा छ ।

    समान १० अंक भए पनि रनरेटका आधारमा चेन्नइ सुपर किंग्स र बैंग्लोर च्यालेन्जर्स क्रमशः पहिलो र तेस्रो स्थानमा छन् ।

    दिल्लीसँग पराजित कोलकाता ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

    २०७८, बैशाख १७ शुक्रवार०७:४२:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार