२०७८, बैशाख १७ शुक्रवार
काठमाडौं । खानेपानीमन्त्री मणि थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी सरकारी निवासमै होमआइसोलेसमा रहेका छन् ।
मन्त्री थापाले भने, “कडा लक्षण छैन । सामान्य शरीर दुख्ने, थकान महसुस हुने भइराखेको छ । चिकित्सकको निगरानीमा छु ।”