भाद्र मसान्त सम्ममा एमालेले जिल्लातहको अधिवेशन सम्पन्न गर्ने, मंसिर २-६ गते १० औं राष्ट्रिय महाधिवेशन 

भाद्र मसान्त सम्ममा एमालेले जिल्लातहको अधिवेशन सम्पन्न गर्ने, मंसिर २-६ गते १० औं राष्ट्रिय महाधिवेशन 

२०७८, बैशाख १७ शुक्रवार

  • 2.0K
    SHARES

  • भाद्र मसान्त सम्ममा एमालेले जिल्लातहको अधिवेशन सम्पन्न गर्ने, मंसिर २-६ गते  १० औं राष्ट्रिय महाधिवेशन 

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिवेशनबाट सांगठनिक संरचना तयार गर्ने गरि कार्य सूची तय गरेको छ ।

    गत वैशाख ६, १० र १२ गते भएको केन्द्रीय कमिटी बैठकको निर्णय सर्कुलर गर्दै एमालेले तहगत अधिवेशनको तिथिलाई अन्तिम रूप दिएको छ ।

    पार्टीका महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको कार्यतालिकालाई कमिटीले परिमार्जनसहित पारित गरेर अन्तरपार्टी निर्देशन अपानिमार्फत् जिल्ला तहमा सर्कुलर गरेको हो ।

    अपानिमा उल्लेख गरे अनुसार असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरि सक्न मातहतका कमिटीलाई निर्देशन गरेको छ । 

    एमालेले २०७८ साउन २५–२७ मा विधान संशोधनमा केन्द्रित भएर छलफल एवम् निर्णय गर्न राष्ट्रिय प्रतिनिधि परिषदको बैठक आयोजना गर्ने अपानिमा उल्लेख छ । सर्कुलरमा दिइए अनुसार निम्न मितिमा निम्न तहका अधिवेशन हुने उल्लेख छ । जस अनुसारः 
    १.भदौ ५ गते - वडा अधिवेशन
    २.भदौ १५ गते - पालिका तहका कमिटीहरूको अधिवेशन 
    ३.भदौ ३० गते - जिल्ला अधिवेशन 
    ४.असोज २३ गते - प्रदेश तहका कमिटीहरूको अधिवेशन 
    ५.तत्पश्चात सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक 
    ६.मंसिर २ देखि ६ गते - दसौँ राष्ट्रिय महाधिवेशन 

    गर्ने गरि सर्कुलर जारि गरिएको छ । यस अघि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटीले नै महाधिवेशनसम्बन्धी निर्णय गरेको थियो ।

    यद्यपि फागुन २८ गतेको बैठकलाई लिएर एमाले भित्रको विवाद चुलिएको छ । र, माधव समूहले समानान्तर गतिविधिका साथ देशैभर समानान्तर कमिटि गठन गरिरहेको छ । 

    २०७८, बैशाख १७ शुक्रवार०१:२७:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार