सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

२०७८, बैशाख १७ शुक्रवार

  • 1.0K
    SHARES

  • सभापति देउवाले पत्रकार सम्मेलन  गर्दै

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।

    आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ः०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ ।

    मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।

    २०७८, बैशाख १७ शुक्रवार०२:०५:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार