'तिमीसँग-मछुनी' भाइबर स्टिकर डिजाइन प्रतियोगिता हुने 

'तिमीसँग-मछुनी' भाइबर स्टिकर डिजाइन प्रतियोगिता हुने 

२०७८, बैशाख १७ शुक्रवार

  • 2.5K
    SHARES

  • 'तिमीसँग-मछुनी' भाइबर स्टिकर डिजाइन प्रतियोगिता हुने 
    काठमाडौं । कोरोना महामारीको सन्दर्भलाई लिएर 'तिमीसँग-मछुनी' भाइबर स्टिकर डिजाइन प्रतियोगिता हुने भएको छ ।

    महामारीका समयमा परिवार तथा साथीहरूका लागि माया र सहयोगको सन्देश तयार पार्न यस्तो महत्वपूर्ण अवस्थाका लागि प्रतियोगिता आयोजना गरिएको बताईएको छ । 

    इच्छुक १३-२४ वर्षसम्मका युवालाई 'तिमीसँग-मछुनी' शीर्षकसँग सम्बन्धित भाइबर स्टिकर तयार पार्ने प्रतियोगितामा आफ्ना डिजाइन पठाउन युनिसेफ र भाइबरले आव्हान गरेका छन् ।

    "आफ्ना प्रियजनको हालखबर कसरी सोध्नुहुन्थ्यो ? जस्तो सुकै परिस्थिति आइपरे पनि उहाँहरूलाई सहयोग गर्नको लागि तपाईं तयार रहेको कुरा कसरी स्मरण गराउनुहुन्थ्यो ?" यी सबै भावना व्यक्त गर्ने आफ्ना डिजाइनहरू हामीलाई पठाउनुहोस् आयोजकले भनेका छन् ।

    थप जानकारीका लागि निम्न लिंक  :https://uni.cf/3gOxGj4 मा गएर जानकारी प्राप्त गर्न सकिनेछ । तयार गरिएको डिजाइन पठाउने अन्तिम मिति २०७८ जेठ ६ गते सम्म रहेको छ । 

    २०७८, बैशाख १७ शुक्रवार०३:४१:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार