बिहारका मुख्यसचिव अरुण कुमारको कोभिड–१९ सङ्क्रमणको कारण निधन

बिहारका मुख्यसचिव अरुण कुमारको कोभिड–१९ सङ्क्रमणको कारण निधन

२०७८, बैशाख १७ शुक्रवार

  • 1.1K
    SHARES

  • बिहारका मुख्यसचिव अरुण कुमारको कोभिड–१९ सङ्क्रमणको कारण निधन

    पटना । बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ को सङ्क्रमण पछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा शुक्रबार निधन भएको छ ।

    सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का जो वरिष्ठ अधिकारी थिए । कोरोनाभाइरस परीक्षणमा उनमा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा नै निधन भएको बिहारका मुख्यमन्त्री नीतिश कूमारले बताएका छन् ।

    जनता दल युनाइटेडका सर्वोच्च नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि उहाँ यसै बर्षको फेब्रुअरीमा बिहारको मुख्य सचिवका रूपमा नियुक्त भएका थिए ।

    सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो ।

    बिहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका छन् भने भारतीय यस राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ ।

    भारतले बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख ८६ हजार ४५२ पुगेका, तीन हजार ४९८ को मृत्यु भएको छ । बिहीबार कोभिड–१९ सङ्क्रमित करिब तीन लाख सङ्क्रमणमुक्त भएका छन् । एजेन्सी

    २०७८, बैशाख १७ शुक्रवार०६:२४:४२
    प्रतिक्रिया
    सम्बन्धित समाचार