काठमाडौं ।
हे महामानव वि.पी.,
हे सर्वोच्च कमाण्डर गणेशमान,
हे उच्च बिचार, त्यागका नायक किसुनजी,
तिम्रा पालामा सदस्य लिन पनि
कस्तो गाह्रो थियो
लुकी लुकी लिनु पर्थो
लिएपछि बन्द कोठामा मुठ्ठी कसेर
जयनेपाल ! जयनेपाल !
भन्दा गर्वले छाती,
सगरमाथा झै उठेर आउथ्यो,
अहिले त घर घर धायो
दाई जय नेपाल ! भाउजु जयनेपाल ! भन्यो !
फलानो जिन्दावाद ! महान नेता जिन्दावाद !
भन्नासाथ एउटा पर्चा थमाई हाल्छन्
सस्तो हो कि पर्चा नै त्यस्तो हो
जसले पायो धन्यवाद भन्यो
फेसबुकमा पोस्टायो
विज्ञ भन्यो विज्ञ जस्ता पनि छैनन्
सदस्य भन्यो बैठक बसेकै थाहा हुन्नन् ।
पर्चो नै त्यस्तै हो कि कत्ती सस्तो सस्तो ।
लौ ! मलाई पनि एउटा
पर्चो चाहियो नेताजी !
*************
भाषा रेडिमेड,
सही रेडिमेड,
मान्छे रेडिमेट
लेटर पायड रेडिमेट,
टेक्निसियन रेडिमेट
पर्चा लिनेको
जवाफ पनि रेडिमेट
म त फलाना पर्चा दिने
बाहेक मेरो कोही नेता नै छैनन
अनि पर्चावाला सोध्यो ?
राष्ट्रियता के हो सोध्यो ?
जवाफ- खै के थाहा ?
प्रजातन्त्र के हो सोध्यो ?
जवाफ - म जनता, मेरो नेता भगवान,
समाजवाद के हो सोध्यो ?
जवाफ - साम्यवादी व्यवस्था,
नेपाली कांग्रेस बारे सोध्यो
मेरो पार्टी - हाम्रो पनि हैन ?
यस्ता पनि विज्ञ रे !
पर्चो नै त्यस्तै हो कि कत्ती सस्तो सस्तो ।
लौ ! मलाई पनि एउटा
पर्चो चाहियो नेताजी !
*************
दिने ले पनि दिनु नि - राम्रालाई
राम्रालाई हाम्रा वनाए भै गो नि !
चाकडी गरे हाम्रा, नगरे तिम्रा !
हाम्रा र तिम्रा ?
किन विभेद !
लिनेले नि लिनु नि - आफुलाई योग्य ठाने सी,
पर्चा लियो, रमायो
भीडमा हरायो,
नियुक्ती पाएको विषयमा
दुइलाइन लेख्न आउदैन ?
दुई शव्द बोल्न आउदैन ?
यस्ता पनि विज्ञ रे !
पर्चो नै त्यस्तै हो कि कत्ती सस्तो सस्तो ।
लौ ! मलाई पनि एउटा
पर्चो चाहियो नेताजी !
(-लेखक सुन्दर पन्त नेपाल शिक्षक संघका उपमहासचिव हुन् ।