१३ वटा नाका मात्र खुलाउन सीसीएमसीको मन्त्रिपरिषद्समक्ष सिफारिस

१३ वटा नाका मात्र खुलाउन सीसीएमसीको मन्त्रिपरिषद्समक्ष सिफारिस

२०७८, बैशाख १८ शनिवार

  • 1.8K
    SHARES

  • १३ वटा नाका मात्र खुलाउन सीसीएमसीको मन्त्रिपरिषद्समक्ष सिफारिस

    काठमाडौँ । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले १३ ओटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

    शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा रहेको ३५ ओटा नाकामध्ये  १३ ओटा मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

    सीसीएमसीले खुलाउनको लागि सिफारिस गरेका नाकाहरू : पशुपतिनगर, काँकडभिट्टा, जोगवनी, भिट्टामोड, गौर, वीरगञ्ज, कृष्णनगर, बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट 

    २०७८, बैशाख १८ शनिवार०७:०७:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार