बलियो बैंग्लोरमाथि पन्जाबको सहज जित

बलियो बैंग्लोरमाथि पन्जाबको सहज जित

२०७८, बैशाख १८ शनिवार

  • 1.3K
    SHARES

  • बलियो बैंग्लोरमाथि पन्जाबको सहज जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले सहज जित निकालेको छ । शुक्रबार मध्यराति सम्पन्न भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंग्लोरमाथि ३४ रनको फराकिलो जित निकालेको हो । 

    नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पन्जाबले दिएको १८० रनको लक्ष्य बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनायो । 

    बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै राजत पाटिदर र हर्शल पटेलले समान ३१-३१ रनको योगदान गरे । 

    बलिङतर्फ पन्जाबका लागि हर्पित बरारले सर्वाधिक ३ विकेट लिए । त्यस्तै रवी विश्नोइले २ विकेट लिँदा रिले मेरेडिट, मोहोम्द श्वामी र क्रिस जोर्डानले समान एक–एक विकेट लिए । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धाीरत २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनायो । पन्जाबका लागि कप्तान केएल राहुलले ९१ रनको अर्धशतकीय पारी खेले ।  ५७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे ।  त्यस्तै क्रिस गेलले ४६ रन तथा हेर्पेट बरारले २५ रन जोडे । 

    बलिङतर्फ रोयल्स च्यालेन्जर्स बैंग्लोरका लागि केले जेमिसनले दुई विकेट लिए । त्यस्तै डेनियर श्याम्स, युजेभेन्द्र चहाल र शाहबाज अहेमेदले समान एक–एक विकेट लिए ।

    जितसँगै पन्जाबले ७ खेलबाट ६ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा छ । पराजित बैंग्लोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

    हार पछि प्रतिस्पर्धी टिम चेन्नइ र दिल्ली क्यापिटल्सलाई फाइदा पुगेको छ । यी तीन टिमको समान १० अंक छ । 

    २०७८, बैशाख १८ शनिवार०७:२६:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार