काठमाडौं । नेपाली काँग्रेसले संक्रमितको पहिचानका लागि कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाउन माग गरेको छ ।
कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाई सम्भावित संक्रमितको पिसिआर परीक्षणलाई व्यापक बनाउन भन्दै काँग्रेसले सीमानाकामा अनिवार्य पिसिआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरूमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
सरकारको अकर्मण्यताले आएको बिकरालस्थितिको जिम्मेवार ओली सरकार रहेको कांग्रेसको भनाई छ ।
तामझाम, भिडभाडका साथ अधुरा काम उद्घाटन गर्दै हिँडेनाले थाम्नै नसकिने गरि महामारी फैलिएको हो पत्रकार सम्मेलन मार्फत शुक्रवार कांग्रेस सभापति शेर बहादुर देउवाले भनेका थिए ।
संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चितताका साथै अस्पताल बेड, आइसियु लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउनुपर्नेमा काँग्रेसले जोड दिएको छ।
परीक्षणमा संक्रमित देखिएकालाई स्थानीय निकायको समन्वयमा आइसोलेसन केन्द्रमा राख्न माग गर्दै काँग्रेसले भनेको छ, ‘स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई बिमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस्। बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरूमा थप जनशक्तिको व्यवस्था गरियोस्।’