उपत्यकामा उच्च संक्रमण संख्या २४९५ सहित देशभर थप ५७६३ जनामा कोरोना संक्रमण

उपत्यकामा उच्च संक्रमण संख्या २४९५ सहित देशभर थप ५७६३ जनामा कोरोना संक्रमण

२०७८, बैशाख १८ शनिवार

  • 1.6K
    SHARES

  • उपत्यकामा उच्च संक्रमण संख्या २४९५ सहित देशभर थप ५७६३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन थप २४९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । 

    त्यसै गरि देशभर पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार १४ हजार ९६९ पीसीआर परीक्षणमा ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २८ हजार ९५० पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् ।

    हालसम्म मृतकको संख्या ३ हजार २९८ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार २८७ रहेको छ ।

    योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ ।

    २०७८, बैशाख १८ शनिवार०५:१४:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार