कूटनीतिक प्रयासद्वारा कोरोनाविरुद्धको खोप उपलब्ध गराउ : राप्रपा

कूटनीतिक प्रयासद्वारा कोरोनाविरुद्धको खोप उपलब्ध गराउ : राप्रपा

२०७८, बैशाख १९ आइतवार

  • 1.1K
    SHARES

  • कूटनीतिक प्रयासद्वारा कोरोनाविरुद्धको खोप उपलब्ध गराउ : राप्रपा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसारको कुनै पनि देशबाट कूटनीतिक प्रयासद्वारा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

    शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने व्यवस्था तत्काल गर्न माग गरेको हो । 

    “संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाइ प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराइ सहज रुपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग राप्रपा हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

    उक्त कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको पनि जनाइएको छ ।

    bigyapti.jpeg

    २०७८, बैशाख १९ आइतवार०७:५९:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार