लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त 

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त 

२०७८, बैशाख १९ आइतवार

  • 1.2K
    SHARES

  • लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त 

    बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।

    आज दिउँसो प्रदेश प्रमुख धर्मनाथ यादवले दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् ।

    केहिवेर अघि संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षर सहित पोखरेलले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।  

    उनले आज विहान मात्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए । 

    bigh.jpg

    २०७८, बैशाख १९ आइतवार०३:५६:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार