काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन थप ३५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१जनामा कोरोना संक्रमित पुष्टि भएका छन् ।
त्यसै गरि देशभर पछिल्लो २४ घण्टामा ७२११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७१३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरि एकै दिन ७२११ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख ३६ हजार १६१ पुगेको छ ।
हालसम्म मृतकको संख्या ३ हजार ३२५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ६१२ रहेको छ ।
योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ८३ हजार ९९४ पुगेको छ ।