आखिर के का लागि ?

आखिर के का लागि ?

२०७८, बैशाख १९ आइतवार

  • 2.7K
    SHARES

  • आखिर के का लागि ?

    विराटनगर । आखिर समाज किन एक्लिदै गएकोछ। सामाजिक संजाल, पत्रपत्रिका, टेलिभिजनका प्रत्येक समाचारहरुले मानवताको मजाक उडाए जस्तो लागिरहेछ । हो मानवता माथिको सबभन्दा खतरनाक प्राकृतिक हमला भैरहेको छ।

    मान्छेबाट प्रकृति माथि विजय पाउने होडमा धेरै अप्राकृातक अभ्यासहरु भइरहे । सत्ता र शक्तिका लागि मान्छेले मान्छेलाई पशुवत व्यवहार गरे, अझै गर्दैछन्। कोभिडका कारण बरु मान्छे केही समय युद्ध रोक्न तयार छ तर दीर्घकालीन रूपमा अप्राकृतिक गतिविधि रोक्न तयार देखिदैन ।

    थाहा छ ! प्रयोगशालाहरुमा यस्ता मानवता बिरुद्धका जैविक हतियार निर्माण गरिन्छ तर मान्छे किन र के का लागि यस्ता कार्य बन्द गर्न तयार देखिदैन ? सट्टामा यस्ता उत्पादनमा कमिल्याउन विश्व सम्मेलनको आयोजना गर्छ।

    हुनत यस अघि प्राकृतिक तथा मानव निर्मित यस्ता प्रकोप नभएको होइन करोडौंको ज्यान जानेगरि भएको त्रासदीपुर्ण अवस्था देखिएको मानव इतिहास देखि देखि हुनसक्ने सम्भावनालाई मुल्यांकन गर्न नसक्नु बर्तमानमा आफुलाई विकसित ठान्ने मान्छे आज एउटा कोठामा कैद हुन पुगेको छ।

    मान्छे असामाजिक बन्दै गइरहेको छ। सामाजिक परम्परा बिर्सदै गइरहेको छ, यो सबै पश्चिमा संस्कृतिको अनुशरणले भएको हो। धेरपनि नभनौँ पचास बर्षको इतिहास सम्झने हो भने पनि धर्म संस्कृतिले मान्छेलाई एउटा स्थानमा राखेको थियो।

    मान्छेका खुशीहरु सानासाना कुरामा हुन्थे। मैले आधुनिक हुनुहुँदैन भन्न खोजेको हुँँदै हैन। प्रत्येक दिनजसो देखिएका समाचारहरुले मानवता हराउँँदै गएको प्रतित हुन्छ। मान्छे आफन्तको शोकमा आँसु झार्न नसक्ने अवस्थामा पुगेकोछ।

    सहयोगी हात नपाउँदा अन्तिम संंस्कारको लागि एक्लै साइकलमा लाँदै गरेको हृदय विदारक तस्वीरहरु लगातारजसो आइरहेछ जसले मानवताको खिल्लि उडाइरहेछ।

    आखिरमा मान्छे मरे पछि जाने ठाउँ एउटै हो चाहे जुनसुकै देशको जुनसुकै धर्मको भएनी। म विश्वव्यापि रुपमा आग्रह गर्न चाहन्छु ईश्वरको उत्कृष्ट रचना हौ भने कम्तिमा गर्दाहुने, नखाँदाहुने, नगर्दाहुने सबै कुरालाई बिर्सेर बसुधैब कुटुम्बकमको सिद्धान्तका आधारमा बचौ र बचाऔ। 

    -लेखक विनोद कुमार काफ्ले एक पूर्ण अपांग अधिवक्ता जसले आफ्नै निवास विराटनगरबाट रचना गरेर पठाएका हुन् । 

    २०७८, बैशाख १९ आइतवार०५:२३:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार