राष्ट्रपतिद्धारा वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

राष्ट्रपतिद्धारा वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

२०७८, बैशाख १९ आइतवार

  • 1.2K
    SHARES

  • राष्ट्रपतिद्धारा वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

    आज राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् ।

    “प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत भनेका छन् ।

    २०७८, बैशाख १९ आइतवार०८:३९:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार