कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण 

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण 

२०७८, बैशाख २० सोमवार

  • 1.8K
    SHARES

  • कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण 

    काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

    आइतवार बेलुका स्टार अस्पतालमा गरिएको स्वाब परिक्षणमा आज विहान कोरोना पुष्टि भएको शर्माले जानकारी गराएका छन् । 
    उनमा ज्वरो आउने र जिउ दुख्ने जस्ता समस्या रहेका छन् ।

    "टेकु अस्पतालका डा अनुप बास्तोलाको निर्देशन अनुरुप घरमै बसेर औषधी सेवन शुरु गरेको छु । लक्षणले च्यापे पनि मनोबल उच्च छ", शर्माले सामाजिक संजालमा लेखेका छन् । 

    २०७८, बैशाख २० सोमवार१०:०३:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार