काठमाडौं । नेकपा एमालेले नेता माधव कुमार नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको तर्फबाट वैशाख १६ गते सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधेका हुन् ।
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । कर्णालीका ४ सांसदलाई एमालेले कारबाही गरिरसेको छ ।
प्रतिनिधि सभाका सांसदको स्पष्टीकरणबारे उपयुक्त समयमा निर्णय गर्ने एमालेले जनाएको छ ।