वैशाख २०, काठमाडौं । साताको दोस्रो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।
नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रहेको छ ।