वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित हुन सांसदलाई सूचना

वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित हुन सांसदलाई सूचना

२०७८, बैशाख २० सोमवार

  • 1.1K
    SHARES

  • वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित हुन सांसदलाई सूचना

    वैशाख २०, काठमाडौं । संघीय संसद् सचिवालयले वैशाख २७ गते सोमबार दिउँसो १ बजे हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यहरुलाई अनुरोध गरेको छ ।

    आज संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

    उक्त सूचनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन जानकारी गराइएको छ ।

    parliament notice.jpg

    २०७८, बैशाख २० सोमवार०४:०८:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार