टिकट पाउन एमाले आए, रित्तो हात कांग्रेस फर्किए

टिकट पाउन एमाले आए, रित्तो हात कांग्रेस फर्किए

२०७८, बैशाख २१ मंगलवार

  • 1.3K
    SHARES

  • टिकट पाउन एमाले आए, रित्तो हात कांग्रेस फर्किए

    बुटवल । नेपाली राजनीतिमा नयाँनयाँ घटनाको पटाक्षेप हुँदैछ । केही दिनअघि गण्डकी प्रदेशको राजनीति केन्द्रमा थियो । आइतबार त्यो स्थान लुम्बिनी प्रदेशले ओगट्यो ।

    आइतबार लुम्बिनी प्रदेशमा जेजस्ता राजनीतिक घटनाक्रम भए त्यसले केन्द्रलाई समेत तरंगित तुल्याएको छ ।

    संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा मुलुक रहेका बेला प्रदेशको अस्थिरताले यसको आयू नै तोकिदिन्छ कि भन्ने टिप्पणी पनि भयो ।

    अझ रोचक त, लुम्बिनी प्रदेशका दृगनारायण पाण्डेले अनाहकमा सांसद पद गुमाए । बिहान पार्टी संसदीय दलको बैठकमा भाग लिएर नेतामा शंकर पोखरेललाई समर्थन गरेका कपिलवस्तु २ (क)बाट निर्वाचित पाण्डे चार घण्टा पनि आफ्नो निर्णयमा अडिन सकेनन् ।

    पोखरेलले मुख्यमन्त्रीको शपथ लिँदा नलिँदै उनले सांसद पदबाट राजीनामाको घोषणा गरे । बेलुका नै प्रदेश सचिवालयले उनले सांसद पद त्याग गरेको सूचना टाँस्यो ।

    एमाले स्रोतका अनुसार उनी २०७४ को चुनावअघि कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । एमालेको लहर देखेर तरंगित बनेका उनले कांग्रेस त्यागे ।

    एमाले प्रवेश गर्नासाथ उनले प्रदेशसभाको टिकट पाएका थिए । प्रदेश सभाको महत्त्वपूर्ण समिति सामाजिक विकास समिति सभापति थिए । 

    शंकर पोखरेलको राजनीति र मुख्यमन्त्रीमा दोहोर्याएर शपथ लिँदा पुनः तरंगित बनेका उनी अन्ततः सांसद पद गुमाउन पुगेका छन् । सोमबार रित्तै हात उनी पुनः कांग्रेस प्रवेश गरेको उनीनिकट नेताहरूले जानकारी दियो ।-बार्हखरीबाट 

    २०७८, बैशाख २१ मंगलवार०७:३२:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार