महामारीका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

महामारीका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

२०७८, बैशाख २१ मंगलवार

  • 1.1K
    SHARES

  • महामारीका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

    वैशाख २१, काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ ।

    कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो ।

    सोमवारका लागि तय भएको खेलमा कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना देखिएपछि कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेल स्थगित भएको थियो ।

    त्यसैगरि चेन्नईका चार अफिसियलमा कोरोना देखिएपछि सबै खेलाडीहरू कारिन्टिनमा बसेका चेन्नईले जनाएको छ । 

    यसरी एक पछि अर्को टिमका खेलाडी, व्यवस्थापक, आयोजक नै धमाधम संक्रमित हुन थालेपछि बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

    पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो ।

    बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ ।

    बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ । बीसीसीआईले आईपीएल २०२१ मा सबै सहभागीको सुरक्षित व्यवस्थापनका लागि सबै शक्ति लगाउने जनाएको छ ।

    आईपीएल २०२१ लाई अत्यन्त कठिन समयमा पनि आयोजना गर्न यथासक्दो प्रयास गरेकोमा बीसीसीआईले सबै स्वास्थ्य सेवाकर्मीहरू, राज्य संघ, खेलाडीहरू, सहयोगी स्टाफ, फ्रेन्चाइज, प्रायोजक, साझेदार र सबै सेवा प्रदायकलाई धन्यवाद दिएको छ ।

    २०७८, बैशाख २१ मंगलवार०३:३५:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार