उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म 

उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म 

२०७८, बैशाख २१ मंगलवार

  • 1.1K
    SHARES

  • उपत्यकाको निषेधाज्ञा वैशाख २९ गतेसम्म 

    काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । 

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

    अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए ।

    आजै मात्र ललितपुर जिल्लाका सिडियो कोरोना संक्रमित भइसकेका छन् । महामारीले झनै भयावह रुप लिने आशंकाका साथ निषेधाज्ञामा थप कडाई गरिने पनि बताइएको छ ।

    २०७८, बैशाख २१ मंगलवार०४:१०:५३
    प्रतिक्रिया
    सम्बन्धित समाचार