राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो

राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो

२०७७, मंसिर २५ बिहिवार

  • 2.0K
    SHARES

  • राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो

    मंसिर २५, झापा । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि आज झापाबाट काठमाडौँ लगिएको छ ।

    पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

    निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई आज बेलुकी ७ः३० बजे काठमाडौँ लगिएको ओझाले बताए । 

    नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ ।

    आजै उनको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व गरेका थिए ।

    २०७७, मंसिर २५ बिहिवार०९:३९:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार