उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

२०७८, बैशाख २३ बिहिवार

  • 1.7K
    SHARES

  • उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

    काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । 

    अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।

    कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।  

    यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । 

    नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ । 

    यसपालि भने फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ ।

    आदेशमा उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस चाहिने भएको छ ।  

    २०७८, बैशाख २३ बिहिवार१०:१२:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार