एमाले स्थाई कमिटी बैठक : निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने

एमाले स्थाई कमिटी बैठक : निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने

२०७८, बैशाख २३ बिहिवार

  • 2.9K
    SHARES

  • एमाले स्थाई कमिटी बैठक : निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने

    काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ  ।

    एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र  उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए ।

    आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन(वाग्मती प्रदेश) हुँदै छ । सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ ।

    २०७८, बैशाख २३ बिहिवार१२:३६:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार