ट्रम्पको आफ्नै नयाँ वेवसाइट संचालनमा

ट्रम्पको आफ्नै नयाँ वेवसाइट संचालनमा

२०७८, बैशाख २३ बिहिवार

  • 1.2K
    SHARES

  • ट्रम्पको आफ्नै नयाँ वेवसाइट संचालनमा

    न्युयोर्क । अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संचारका लागि आफ्नै नयाँ वेवसाइट चालु गरेका छन् । यस वेवसाइटले सिधै ट्रम्पको डेस्कबाट आवश्यक सामग्रीहरु प्रकासित गर्न सक्ने बताइएको छ ।

    गत जनवरीमा रिपब्लिकन ट्रम्पका समर्थकहरुले क्यापिटल भवनमा हुलदंगा गरेपछि उनले दिएका आपत्तिजनक अभिव्यक्तिहरुलाई लिएर उनका निजी ट्विटर, फेसबुक र युट्युव सेवा बन्द गरिएको थियो ।

    त्यतिवेला देखि ट्रम्पले आफ्ना लिखित विज्ञप्तिहरुको प्रेस रिलिज गर्दै आएका थिए । तर अब देखि यो कार्य नयाा वेवसाइटले गर्ने भएको छ । यस वेवसाइटमा राखिएका ट्रम्पका कुनै पनि दृश्य तथा श्रव्य सामग्री अन्य प्रयोगकर्ताहरुले ट्विटर र फेसबुक एकाउन्टमा सेयर गर्न सक्ने बताइएको छ ।

    फेसबुकको ओभरसाइट बोर्डले ट्रम्पमाथि स्थायी रुपमै प्रतिवन्ध लगाउने पो हो की भन्ने विषयमा निर्णय दिनु एक दिन अगाडि ट्रम्पको यो नयाँ वेवसाइट सार्वजनिक भएको हो ।

    यसअघि नै ट्रम्पका वरिष्ठ सल्लाहकार ज्यासन मिल्लरले एउटा नयाँ सामाजिक संजाल मार्फत ट्रम्पको मिडिया प्लेटफर्मको थालनी गरिने जानकारी दिएका थिए । साथै उनले गत मार्चमा यो प्लेटफर्म ठूलै हुने पनि बताएका थिए ।

    तर मल्लिरले मंगलवार ट्विट गर्दै नयाँ वेवसाइट आफुले पहिले फूर्तिका सथ भनेको जस्तो सामाजिक संजाल प्लेटफर्म नभएके स्पष्ट पारिसकेका छन् । ट्रम्पको पुर्व चुनाव प्रचार प्रसार व्यवस्थापक ब्राड पास्र्केलले स्थापना गरेको डिजिटल सेवा कम्पनी क्याम्पेन न्युक्लियसले यो वेवसाइट निर्माण गरेको बुझिएको छ । -एजेन्सी ।

    २०७८, बैशाख २३ बिहिवार०१:५३:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार