एमाले वागमती प्रदेशका मुख्य सचेतकमा निरौला

एमाले वागमती प्रदेशका मुख्य सचेतकमा निरौला

२०७८, बैशाख २३ बिहिवार

  • 1.7K
    SHARES

  • एमाले वागमती प्रदेशका मुख्य सचेतकमा निरौला

    हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वागमती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् ।

    काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुन् ।  

    निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई आज दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो ।

    निरौलालाई एमाले वागमती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ । 

    एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ । पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक थिए । 

    २०७८, बैशाख २३ बिहिवार०४:३८:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार