भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै

भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै

२०७८, बैशाख २४ शुक्रवार

  • 1.6K
    SHARES

  • भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

    संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । 

    कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उनले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । 

    २०७८, बैशाख २४ शुक्रवार०६:५१:३२
    प्रतिक्रिया
    सम्बन्धित समाचार