खोचे थाप्दै माधव नेपाल, भन्छन् जेठ २ बटम लाइन

खोचे थाप्दै माधव नेपाल, भन्छन् जेठ २ बटम लाइन

२०७८, बैशाख २४ शुक्रवार

  • 1.6K
    SHARES

  • खोचे थाप्दै माधव नेपाल, भन्छन् जेठ २ बटम लाइन

    काठमाडौं । वैशाख २७ गते नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी(एमाले) भित्रको राजनीतिमा विभिन्न परिदृश्य देखिन थालेका छन् । 

    सर्वोच्च अदालतको फैसलाका कारण व्यावहारिक रुपमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत लिने उद्धेश्यले प्रतिनिधिसभाको बैठक बोलाईएको छ । बैठक बस्नु अगावै आन्तरिक किचलो मिलाउनु पर्ने चुनौति प्रधानमन्त्री ओलीलाई छ ।

    "यहि अप्ठ्यारो बुझेका माधव नेपालले एक पछि अर्को बखेडा झिक्दै ओलीलाई हैरान बनाउने क्रममा छन्," पार्टी मिलाउनु पर्छ भन्ने अभियानमा रहेका ओली निकट नेता सुनाउँछन् । 

    हिजो दिनभरको दौडधुप र साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग बसेर सहमति कायम भयो भन्ने सन्दर्भलाई चिर्दै नेता माधव नेपालले कुनै पनि सहमति नभएको बताएका छन् ।

    उनले लेखेका छन्, "हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।"

    "हिजो आफ्ना अध्यक्ष तथा २० औं वर्ष सँगै काम गरेका नेतालाई साधारण सदस्यबाटै ४-४ पटक हटाउने निर्णय पुस्तिकामा हस्ताक्षर गर्न नेता नेपालका हात काँपेनन् । उनले डढेलो लगाएर छोडिदिएको पार्टीमा डढेलोबाट जोगिएका साना पिपिरा समातेर अब त जंगल बनाउने क्रममा ओली देखिएका छन् ।" तसर्थ उनका भडकावपूर्ण स्टाटसले वातावरण झनै विगार्ने नाम नछाप्ने सर्तमा उनले सुनाए । 

    २०७८, बैशाख २४ शुक्रवार११:५०:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार