काठमाडौं । वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकलाई केन्द्रीत हुँदै गरिएको कोरोना परीक्षणका क्रममा हालसम्म ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना, संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
संसद सचिवालय नयाँ वानेश्वरमा वैशाख २२,२३ र २४ गते गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
वैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको स्वाब संकलन गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज मात्रै स्वाब परीक्षण गरिएको छ ।