काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९,१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर र ४९५ एन्टिजेन परीक्षणमा गरी ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोहि समयमा कोरोनाबाट ५० जनाको मृत्यु भएको छ ।
योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । आज २ हजार ९०५ जना निको भएका छन् ।