पाइपलाइनमा हकप्रद सेयर, कुन कुन कम्पनीको तत्काल आउँदै ?

पाइपलाइनमा हकप्रद सेयर, कुन कुन कम्पनीको तत्काल आउँदै ?

२०७८, बैशाख २५ शनिवार

  • 3.1K
    SHARES

  • पाइपलाइनमा हकप्रद सेयर, कुन कुन कम्पनीको तत्काल आउँदै ?

    काठमाडौँ । सेयर बजारमा धमाधम हकप्रद सेयर जारी हुँदै छन् । हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवन)बाट अनुमतिको पर्खाइमा तीन कम्पनी रहेका छन् ।

    सेवनले पाइपलाइनमा राखेका कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र छाङ्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।

    हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ११ अर्ब रुपियाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    कम्पनीले एक कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ सेयर प्रदान गर्ने जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेकोे छ ।

    त्यस्तै छाङ्दी जलविद्युत् कम्पनीले आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपियाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग गरेको छ ।

    कम्पनीले १० कित्ता साधारण सेयर बराबर तीन कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ । सेवनले यी कम्पनीका आवेदनलाई प्रारम्भिक समीक्षा गरिरहेको छ । 

    कर्पोरेट डेभलपमेन्ट बैङ्कले पनि एक बराबर १.५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पर्खिरहेको छ ।

    सेवनले कम्पनीको अवस्थालाई समीक्षा गररे कमेन्ट पठाएको जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

    यसअघि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन थालिसकेको छ । कम्पनीले विद्यमान दुई कित्ता साधारण सेयर बराबर एक कित्ता नयाँ साधारण सेयर निष्कासन थालेको हो ।

    कम्पनीले एक अर्ब चार करोड ८२ लाख ३९ हजार चार सय रुपियाँ बराबरको एक करोड चार लाख ८२ हजार ३९४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    प्रतिसेयर एक सय अङ्कित दरका रहेका छन् । हकप्रद निष्कासनको अन्तिम मिति यही वैशाख २६ गतेसम्म रहेको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    २०७८, बैशाख २५ शनिवार०८:१७:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार