काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोग अध्यक्षको रिक्त पदमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो ।
वि.सं २०३७ सालमा डिट्ठाबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी २०६८ साल श्रावण ११ गते सचिव बनेका थिए ।
सचिव भएर पुरै ५ वर्ष विभिन्न मन्त्रालयको अनुभव सँगालेका रेग्मी ५४ वर्षको उमेरमा अवकाश लिएका थिए । झापा गौरादह घर भएका रेग्मीको हालको बसाई काठमाडौंको अनामनगरमा छ ।