एमाले सांसदका ह्विप पत्र पिजन होलमा 

एमाले सांसदका ह्विप पत्र पिजन होलमा 

२०७८, बैशाख २६ आइतवार

  • 2.5K
    SHARES

  • एमाले सांसदका ह्विप पत्र पिजन होलमा 

    काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार कोरोना महामारीका कारण सांसद्हरुलाई दिएको ह्विपको पत्र पिजन होलमा राखिएको छ ।

    साथै सांसदहरुलाई एसएमएस गरी विश्वासको मतको पक्षमा मतदान गर्नका लागि पार्टीले गरेको ह्विपको पत्र पिजन होलमा राखिएको जानकारी गराइएको छ ।

    उनका अनुसार कोरोना संक्रमणका कारण संसदीय दलको बैठक बस्न नसकेपछि पत्र पिजन होलमा राखिएको हो ।

    संसदीय दलको बैठक राखेर सदस्यहरुको भनाइहरु सुन्न र घनीभूत छलफल गर्न प्रधानमन्त्री एवम् दलको नेताको इच्छा हुँदाहुँदै पनि कोरोनाको कारण प्रतिकूल अवस्था उत्पन्न भएको ह्विपमा उल्लेख गरिएको छ ।

    sansad whip.jpg

    २०७८, बैशाख २६ आइतवार०५:३२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार